काठमाडौं : कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेदेखि गर्ने भएको छ।
इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) ले दोस्रो चरण खोप अभियानमा खोप लगाउने प्राथमिकताको सूची अनलाइनमार्फत राख्ने मन्त्रालयले जनाएको छ।
दोस्रो चरणको खोप लगाउने प्राथमिकतामा निजामती कर्मचारी र उमेर समूह हेरेर प्राथमिकीकरण गरिने मन्त्रालयले जनाएको छ। खोपको प्राथमिकतामा परेका थप वर्ग सञ्चारकर्मी तथा कूटनीतिक नियोगका कर्मचारी को लागि शुक्रबारसम्म खोप दिइनेछ।
सरकारले पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुरु गरेर ११ दिनसम्ममा एक लाख ८७ हजारले खोप लिएका थिए। दोस्रो चरणको खोप अभियान ७७ वटै जिल्लाबाट वितरण गरिने मन्त्रालयले जनाएको छ।






