Home / Politics / राष्ट्रपतिले मलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्थ्यो : देउवा

राष्ट्रपतिले मलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्थ्यो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताउनु भएको छ ।

आज एक प्रेस विज्ञप्ति निकालेर देउवाले राष्ट्रपतिबाट आह्वान भए अनुसार आफूले १ सय ४९ जना सांसदका हस्ताक्षर पेश गरे पनि आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।

नेपालको संविधान बमोजिम राष्ट्रपतिले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई अस्विकार गर्दै एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भइ संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने घोषणा गरेका ओलीलाई प्रधानमन्त्री निरन्तरता दिन खोज्नु असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको विज्ञप्तिमा भनिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *