Home / Nepal / News / सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरी : सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरीले जानकारी दिए।

उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन्। करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *