काठमाडौं: हालसम्म विश्व भरिमा २ करोड १० लाख ५२ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण भएको छ , यसमध्ये १ करोड ३८ लाख ९६ हजार ८ सय ३६ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ५२ हजार ७ सय ९८ पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ जहाँ १ लाख ७० हजार २ सय ६९ जनाको ज्यान गएको छ।
भने दोस्रो ब्राजिलमा १ लाख ५ हजार ४ सय ८३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा २४ हजार ९ सय ५७ जना संक्रमीत मध्धे ९५ जनाले ज्यान गुमाएका छ्न भने १६ हजार ८ सय ३७ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






