काठमाडौं : ग्लोबल आईएमई बैंकले पाल्पाको हुमिन (ग्याङसिङपोखरा)मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको संख्या २४५ पुगेको छ। बैंकिङ सेवा उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोजबहादुर वि.क.ले गरे। शाखारहित बैंकिङ सेवाको प्रतिनिधि बिष्णुबहादुर बोम्रेललाई नियुक्त गरिएको छ।
शाखारहित बैंकिङ सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, टेलिफोन महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायत सेवा लिन सक्छन्। देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन्।
बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाकोलागि शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ।






