काठमाडौं : गायक सनम लामाको स्वर रहेको ‘आकाशको जुन’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा शब्द सौरभ राणा मगर तथा संगीत सनम लामाकै रहेको छ। सविन लिम्बुले एरेन्ज गरेका छन्। म्युजिक भिडियो निर्देशन अर्जुन क्षेत्रिले गरेका छन्।
भिडियोमा कलाकारहरु खेसेहाङ खजुम, दिलिप खड्का र नारायण काफ्लेको अभिनय छ। विशाल प्याकुरेलको छायांकन रहेको भिडियो सम्पादन सनम लामाले आफै गरेका छन्।






