काठमाडौं : काठमाडौंको आज साढे ६ बजेको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ।
आज दिउँसो काठमाडौंमा तापक्रम १७–१९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् विभूती पोखरेल बताउछिन्। काठमाडौंको मौसम दिउँसो सफा नै रहन्छ अहिले विहान भने काठमाडौैंमा हुस्सु लागेको छ।
देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पोखरलले बताइन्। आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
उनका अनुसार तराईमा अहिले बाक्लो हुस्सु रहेको छ। धेरै ठाउँमा अपराह्न्नसम्म हुस्सु हटे पनि कतिपय ठाउँमा साँझसम्म नै रहने उनको भनाइ छ। तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न आवश्यक सतर्क हुनुपर्नेमा उनको जोड छ।






