Home / Politics / नेकपाको स्थायी समितिको बैठक पुस ५ गते र केन्द्रीय समिति बैठक पुस १० गते बस्ने गरि सम्पन्न

नेकपाको स्थायी समितिको बैठक पुस ५ गते र केन्द्रीय समिति बैठक पुस १० गते बस्ने गरि सम्पन्न

काठमाडौं: विवाद र गुटबन्दी बीच सुरु भएको सत्तारुढ नेकपाको स्थायी समितिको बैठक पुन पुस ५ गते र ५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक पुस १० गते बस्ने गरि सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई अध्यक्षबीच भएको चार बुँदे सहमितलाई सर्वसम्मतिले अनुमोदन गर्दै बुधबारको बैठक सकिएको हो।

बैठकमा मंगलबार जारी भएको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता भएको प्रस्ताव पनि फिर्ता लिने निर्णय भएको छ।

बैठकमा प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बेलुका बसेको परिषदको बैठकले कुनै सिफारिस नगरेको जानकारी गराएका छन्।

अध्यक्ष प्रचण्ड र ओलि बीच भदौ २६ गतेको स्थायी समितिको निर्णयका आधारमा अघि बढ्ने गरी चार बुँदे सहमित सहित बैठक समापन भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *