Home / Politics / संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने

संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने

काठमाडौं : संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने छ। बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने छन्।

‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि आजको बैठकमा पेश हुने कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ पनि छलफलका प्रस्ताव गरिने र पारित गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *