Home / Society / कञ्चनपुरमा नहरमा हाम फालेर प्रेम जोडिले गर्यो आत्महत्याको प्रयास

कञ्चनपुरमा नहरमा हाम फालेर प्रेम जोडिले गर्यो आत्महत्याको प्रयास

कञ्चनपुर । शुक्रबार कञ्चनपुरमा एक प्रेम जोडिले नहरमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन् ।

भीमदत्त नगरपालिका २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेको प्रहरीले जनाएको छ ।

रेणुलाई उद्दार गरी अस्पताल पुर्‍याइएको छ भने राकेश बेपत्ता भएका छन् । बेपत्ता राकेशको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले बतायो ।

भिडियो

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *