मुम्बई : अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली सोमबार बेलुका एक छोरीका माता–पिता बनेका छन्।
अनुष्काले सोमबार बेलुका छोरीलाई जन्म दिएपछि उनीहरुको छोरीको पहिलो फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। विराटका भाइ विकास कोहलीले आफ्नी भतिजीलाई स्वागत गर्दै उनको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका हुन्।
उनले इन्स्टाग्राममा ब्लाङ्केटबाट निस्किएका साना–साना खुट्टाहरुको फोटो राख्दै लेखेका छन्, ‘‘अत्यन्त हर्षित, घरमा परीको प्रवेश।”
विकासको यो पोस्टले कम समयमा नै धेरै इन्स्टाग्राम प्रयोगकर्ताको माया पाइरहेको छ। कमेन्टमा विराट र अनुष्काका प्रशंसकहरुले धेरै माया दिइरहेका छन्।






