Home / Nepal / कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख १० हजार नाघ्यो।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख १० हजार नाघ्यो।

काठमाडौं: विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख १० हजार १३४ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख ६१ हजार ५ सय ३ जनाको ज्यान गएको छ भने ब्राजिलमा ९७ हजार ४सय १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म विश्व भरिमा १ करोड ८९ लाख ४६ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १ करोड २१ लाख ६६ हजार ८ सय ३६ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा २१ हजार ३ सय ९० जना संक्रमीत मध्धे ६० जनाले ज्यान गुमाएका छ्न भने १५ हजार १ सय ६५ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *