विराटनगर- प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन्। मुख्यमन्त्रीको कार्यालयले मन्त्री आङ्बो लाइ पदमुक्त गरिएको जानकारी दिएको छ।
आङ्बो पूर्वमाओवादी नेता पनि हुन्। उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन्। मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए। आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको थियो।
नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।





