काठमाडौं: शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ छ।
पछिल्लो २४ घन्टामा ५०० जना कोरोना सन्क्रमीत थपिएका छन भने कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।
कुल संक्रमितमध्ये ६ हजार ७ सय ४९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा ८४० जना उपचारपछि घर फर्कीएका छन् ।





