Home / Nepal / विद्युतीय सवारीमा लगाइएको करको व्यवस्था सोचेरै गरिएको निर्णय हो : अर्थ मन्त्री खतिवडा

विद्युतीय सवारीमा लगाइएको करको व्यवस्था सोचेरै गरिएको निर्णय हो : अर्थ मन्त्री खतिवडा

काठमाडौं । विद्युतीय सवारीमा लगाइएको करको व्यवस्थाबाट अर्थमन्त्री डा. युवराज खतिवडा पछि नहट्ने भएकाछन् । 

मन्त्री खतिवडाले पहिले सबै विद्युतीय सवारीमा एउटै करको दर कायम भएकोमा अहिले कमजोर र धनीले चढ्ने गाडी वर्गीकण गरेको स्पष्टीकरण दिए ।

प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा आफू अडिग रहेको पनि बताए ।

  उनले भने, “सार्वजनिक यातायतको साधानमा १ प्रतिशतमा भन्सार छ, त्यो परिवर्तन गरिएको छैन ।” 

खतिवडाले विलासीताका निजी कारमा छुट दिनु उपयुक्त नरहेको बताउँदै आफूले सोचेरै यो निर्णय गरेको बताए । 


खतिवडाले भने, “पहिले विद्युतीय कारमा एउटै कायम थियो । अहिले कमजोर र सम्पन्नले प्रयोग गर्ने विद्युतीय सवारीलाई ६ प्रकारमा वर्गीकरण गरेका हौं ।”

तदनुरुप भन्सारका दर परिमार्जन गरिएको दाबी उनले गरे । अझै पनि विद्युतीय निजी सवारीको भन्सार महसुल अरुभन्दा ५० प्रतिशत कम रहेको बताउँदै खतिवडाले अन्तःशूल्कको दर पनि कम भएको बताए ।

उनले महंगा सवारी साधन आयात गर्दा विद्युतीय खपत बढेपनि ठूलो परिमाणमा विदेशी मुद्रा पनि बाहिरिने बताए ।


अर्थतन्त्रको समग्र पक्षलाई हेर्दा यतिसम्म छुट दियो भने विद्युतीय सवारीको प्रयोग प्रोत्साहन भइरहने आफूले बुझेको उनले बताए । 

उनले थपे, “विदेशी मुद्रा पनि अस्वभाविक खर्च हुँदैन राज्यलाई पनि भार पर्दैन गर्ने सोचेर अघि बढेका छौं ।” उनले सार्वजनिक सवारी विद्यूतीय बजनाउने सरकारको प्रतिवद्धता रहेको अनुरोध रहेको दोहोर्‍याए ।

उनले भने, “निजीक्षेत्रलाई यो पनि आह्वान छ कि अब आउने सार्वजनिक सवारी विद्युतीय माध्यमको ल्याउनुस् ।”

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *