Home / Nepal / News / स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

स्याङ्जा । स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । थप कोरोना भेटिएसँगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन् ।

साउन ६ गते लेखा र प्रबन्ध शाखामा कार्यरत दुई हवल्दार र एक जवान गरी तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, सञ्चारमा कार्यरत सुरक्षाकर्मीको स्वाब लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।

सुरक्षाकर्मीमा सङक्रमण फैलिएपछि साउन ७ गते ३० र साउन ८ गते ७३ जनाको स्वाब लिइएकोमा सोमबार एक महिलासहित १८ जनामा कोरोना सङ्क्रमण प्रमाणित भएको हो । स्वाब लिएकामध्ये ३५ जनामा १८ जनामा कोरोना देखिएको हो ।

सोमबार सङ्क्रमित पुष्टि भएकामा प्रहरी प्रमुखसहित, दुई जना असई, छ जना हवल्दार, आठ जना सिपाही र एक जना भान्से रहेका छन् ।


कोरोनाको सङ्क्रमण भेटिनुभएका प्रहरी प्रमुखले जनताको सुरक्षामा खटिँदा सङ्क्रमित भएको बताउँदै कोरोनामा जित हात पार्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।


यस्तै साउन ५ गते गल्याङ अस्पतालमा कोरोना सङ्क्रमितको उपचार गरेका एक जना डाक्टरमा कोरोन्ना पुष्टि भएको थियो ।

प्रहरी कार्यालयका प्रहरी प्रमुखसहित २१ जनामा कोरोना देखिएपछि पुतलीबजारभित्र कडाइ गरिएको प्रजिअ गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो ।

उहाँले पहिलो चरणमा प्रहरी प्रमुखदेखि जवानसम्मकाे स्वाब लिएको बताउँदै थप सङ्क्रमितको सम्पर्कमा आएकाको स्वाब लिइने र खोजी अगाडि बढाइएको बताउनुभयो ।


जेठ १३ गतेबाट भारतबाट आएका दुई जनामा कोरोनाको सङ्क्रमण भेटिएकोमा हालसम्म यहाँ २२३ जना सङ्क्रमित पुगेका छन् ।

सङ्क्रमितमध्ये १८८ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *