ग्यास बुलेट दुर्घटनाका कारण पुर्ब पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने सडक खण्ड बन्द गरिएको छ।
पुर्ब पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने खन्डमा आज साझ करिब सात बजे तिर ग्यास बुलेट दुर्घटना भएको छ ।
दुर्घटनाका कारण ग्यास लिकेज भएपछि उक्त राजमार्ग बन्द गरिएको छ।
बुलेटमा कति परिणामको ग्यास थियो भन्ने थाहा नभएको नवलपरासी प्रहरिले जनाएको छ।
जनधनको क्षतिलाइ मध्यनजर गर्दै अहिले उक्त सडकखण्ड बन्द गरिएको प्रहरीले जनाएको छ।






