Home / Sports / स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । लेभान्टेको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा एटलेटिकोले १-० को जित निकालेको हो ।

एट्लेटिकोले खेलको एक मात्र गोल आत्मघाती उपहार पाएको थियो । खेलको १५ औं मिनेटमा लेभान्टेका डिफेन्डर ब्रुनोको आत्मघाती गोलबाट एट्लेटिकोले अग्रता बनाएको थियो ।

पहिलो हाफमा १-० को अग्रता बनाएको एट्लेटिकोले दोस्रो हाफमा थप गोल गर्न सकेन । दुबै टोलिबाट कुनै थप गोल हुन नसक्दा खेल एट्लेटिकोले १-० को संघर्षपूर्ण जित निकालेको हो ।

यस जितसँगै एट्लेटिको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सेभियालाई पछि पार्दै एट्लेटिकोले ३१ खेलबाट ५५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको हो । यता पराजित लेभान्टे भने समान खेलबाट ३८ अंक जोड्दै ११ औं स्थानमा छ ।

त्यस्तै मंगलबार रातिनै भएको अर्को खेलमा भालाडोलिडले गेटाफेसँग बराबरी खेलेको छ । भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा गटाफेली १(१ गोलको बराबरी खेलेको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *