Home / Nepal / News / सोनु, रितेश, मिलिन्दमध्ये कांग्रेसबाट मुम्बई मेयरको उमेदवार उठ्ने

सोनु, रितेश, मिलिन्दमध्ये कांग्रेसबाट मुम्बई मेयरको उमेदवार उठ्ने

मुम्बई : बलिउडमा केही त्यस्ता अभिनेताहरू छन्, जो चलचित्र र अभिनयको कारणभन्दा पनि अरू कारणले चर्चामा आउँछन्।

नवभारत टाइम्सका अनुसार यी अभिनेताहरू अब राजनीतिमा आउने तयारी गरिरहेका छन्। मुम्बई कांग्रेसले सन् २०२२ को बीएमसी चुनावको तयारी सुरु गरिसकेको छ। यसका लागि पार्टीले २५ पाना लामो ड्राफ्ट तयार गरेर रणनीति बनाएको छ। पार्टीले आफ्नो मेयर उमेदवारको घोषणा पहिले नै गर्नुपर्ने बताइएको छ।

कांग्रेसबाट मुम्बईको मेयर उमेदवारमा तीन अभिनेताहरूको नाम बाहिरिएको छ। कांग्रेसले रितेश देशमुख, मिलिन्द सोमन र सोनु सुदमध्ये एकजनालाई टिकट दिने सम्भावना रहेको बलिउड वृत्तमा चर्चा छ।

यी तीन अभिनेतामध्ये रितेश राजनीतिक परिवारबाटै आएका हुन् । उनका बुवा विलासराव देशमुख कांग्रेस नेता र महाराष्ट्रका मुख्यमन्त्री बनिसकेका छन् । यद्यपि, अहिलेसम्म यी तीन अभिनेताहरूले कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिइसकेका छैनन्।

पार्टीको रणनीतिक ड्राफ्ट तयार गरेका मुम्बई कांग्रेसका सचिव गणेश यादवका अनुसार मेयर पदका लागि युवामाझ राम्रो छाप भएकालाई टिकट दिने पार्टीको योजना छ। उनी स्वयंले यो पदका लागि रितेश, सोनु र मिलिन्दको नाम प्रस्ताव गरेको भारतीय मिडियाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *