काठमाडौं : शिवम् सिमेन्ट्स कम्पनीले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।
कम्पनीले उद्योग सञ्चालित क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग तथा खानी क्षेत्रका त्रिभुवन मावि हटिया, कोलखोप प्रावि बकैया तथा रुपनारायण मावि बूढीचौरमा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीका लागि स्वेटर तथा ट्रयाकसुट वितरण गरेको हो।
यस कम्पनीले विगतका दिनमा पनि आफ्नो उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रवृत्तिहरु वितरण गर्दै आइरहेका थियो।
यसपटक पनि कम्पनीले चिसोको समयमा विद्यार्थीहरुको नियमित पठनपाठनमा असर नपरोस् भन्ने अभिप्रायले न्यानो कपडा वितरण गरेको हो।






