काठमाडौं- नेकपा ( एमाले ) का नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
आइतबा प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पोखरेलले आइतबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो ।






