Home / Nepal / News / रुकुम र रुपन्देही हत्याकाण्डमा ओएचसीएचआरको गम्भीर चासो

रुकुम र रुपन्देही हत्याकाण्डमा ओएचसीएचआरको गम्भीर चासो

काठमाडौँ । रुकुम पश्चिममा भएको सामुहिक हत्याकाण्ड र रुपन्देहीको देवदहमा भएको युवतीको हत्याप्रति संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले गम्भीर चासो व्यक्त गरेको छ ।

यी दुई घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने बतायदै ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले विज्ञप्ति जारी गर्नुभएको छ । पटक पटक हुँदै आएका छुवाछूतका घटनाले नेपालमा जातीय विभेद कायमै रहेको देखिएको ब्याचलेटले जनाउनु भएको छ ।

‘नेपालमा संवैधानिक ग्यारेन्टी हुँदाहुँदै पनि जातीयताका आधारमा अपराधमा उन्मुक्ति छ, मिशेलले भन्नुभएको छ,‘नेपालले जातीयतामा आधारित अपराधका विरुद्ध कदम चालेको छ, तर समाजमा व्याप्त कुरीति हटाउन अझ थुप्रै प्रयास गर्न बाँकी नै छ ।’

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारर्वाहीको दायरामा ल्याउनुपर्ने मिशेलले बताउनु भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *