Home / Society / जापानबासी नेपालीको पहलमा २१ करोड भन्दा बढिको स्वास्थ्य सामग्री नेपाल पठाउदै

जापानबासी नेपालीको पहलमा २१ करोड भन्दा बढिको स्वास्थ्य सामग्री नेपाल पठाउदै

टोकियो: जापानस्थित नेपालीहरुको सकृयतामा नेपाल सरकारलाई जापानको फुजिरेबाओ कम्पनीले करिब २१ करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ।


गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको उक्त कम्पनिले उक्त परिणामको सामाग्री उपलब्ध गराएको हो।


पहिलो चरणमा, ३ करोड भन्दा बढीको ७ हजार स्वास्थ्य सम्वन्धी किट चार्टड फ्लाईट मार्फत बुधवार नेपाल पठाएको छ भने बाकी सामग्री चाहेको बखत नेपाल सरकारले लैजान सक्ने थापाले बताउनु भएको छ।


नेपाल सरकारको माग अनुरुप ५० हजार थान किट सामग्री दिने घोषणा गरेको सदस्य थापाले जानकारी दिनु भएको छ।


नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र हुदै गए पछि जापानवासी नेपालीहरुको सकृयतामा पठाउन लागिएको सो सामग्री नेपालमा निकै उपयोगी हुनेछ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *