Home / Society / ललितपुरमा आज बिहानदेखि कर्फ्यु सुरु, सुरक्षा फौजको बाक्लो उपस्थिति

ललितपुरमा आज बिहानदेखि कर्फ्यु सुरु, सुरक्षा फौजको बाक्लो उपस्थिति

काठमाडौं । ललितपुरमा हिजो मछिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाका कारण ललितपुरको रिङरोडभित्र आज बिहानदेखि कर्फ्यु सुरु भएको छ । 

कर्फ्यु आज बिहान ४ बजेदेखि सुरु कर्फ्यु राति १० बजेसम्म हुनेछ ।  अहिले सो क्षेत्रमा सुरक्षाकर्मिको बाक्लो उपस्थिति छ ।

प्रशासन कार्यालयले एक सूचना जारी गर्दै ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण क्षेत्रमा लागु हुने गरी कर्फ्षु आदेश जारी गरिएको जनाइएको थियो । 

प्रशासनले जारी गरेको सूचना भनिएको छ, “कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र उपरोक्त मिति र समयमा आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारीले गोलि समेत हान्‍न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सूचित गरिन्छ ।”

ललितपुर जिल्ला प्रशासनले प्रशासन संक्रमणको कठिन परिस्थितिमा केही उच्छृङ्खल समूह र व्यक्तिहरुले कठिन परिस्थितिको नाजायज फाइदा उठाई धार्मिक, सांस्कृतिक विश्वासमा खलल पुयाई शान्ति सुरक्षा भङ्ग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएकोले सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकोले कर्फयु आदेश जारी गरिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *