Home / Nepal / News / सरिता गिरीको गुनासो : मलाई अन्याय गरे, अदालत जान्छु

सरिता गिरीको गुनासो : मलाई अन्याय गरे, अदालत जान्छु

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफूमाथि अन्याय भएको भन्दै अदालत जाने बताएकी छन्।

समाजवादी पार्टी पदाधिकारी बैठकले पार्टी ‘ह्विप’ उल्लंघन गरेको आरोपमा उनलाई सांसद र पार्टी सदस्य नरहने गरी कारबाही गरेको छ।

उनले पार्टीले आफूलाई कुनै जानकारी नदिई प्रचार गरेर अराजनीतिक काम गरेको बताइन्।

पार्टी एकताको प्रक्रियामा रहेका बेलामा एउटा पार्टीले मात्रै निर्णय गर्नु आफैंमा अवैधानिक रहेको समेत उनको तर्क छ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जनता समाजवादी पार्टी गठन भएको छ। जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन्।

‘एकातिर यो निर्णय एउटा पार्टीले मात्रै गरेको छ। अर्कोतिर केन्द्रीय समितिले गर्नुपर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ,’ उनले भनिन्, ‘संसदीय दललाई समेत बेवास्ता गरिएको छ। हरेक कोणबाट कानुन सम्मत छैन। म अदालत जान्छु।’

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *