Home / Nepal / संशोधन अस्वीकृत भए पछि रिसाएर सरिता गिरी बैठकबाट बाहिरिन

संशोधन अस्वीकृत भए पछि रिसाएर सरिता गिरी बैठकबाट बाहिरिन

काठमाडौं । प्रतिनिधिसभाले सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत भएपछि रिसाएर बैठकबाटै बाहिरीएकि छिन् । सभामुख अग्‍नि सापकोटाले गिरीले  संविधान संशोधनको सर्त पूरा नभएको भन्दै संशोधन अस्वीकृत भएको बताए थिए । 

बैठक सुरु हुनासाथ सभामुख सापकोटाले नेकपाका अधयक्ष पुष्पकमल दाहाललाई बोल्न समय दिएका थिए ।

सांसद गिरी  उठेपछि सभामुख सापकोटाले संशोधन अस्वीकृत भएको भन्दै गिरिलाई समय दिएनन् ।  

नेपालको नयाँ परिमार्जित नक्सा निशान छापमा राख्‍ने विषयमा सरकारले ल्याएको विधेयकमाथि उनले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालको दाबी नपुग्ने भन्दै संशोधन दायर गरेकी थिइन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *