Home / Politics / बाबुराम भन्छन् : यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं, म पनि ‘कामी’ लेख्‍न तयार छु

बाबुराम भन्छन् : यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं, म पनि ‘कामी’ लेख्‍न तयार छु

काठमाडौं । समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जातीय विभेद हटाउन सबैजनाले एउटै थर लेख्‍न प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलकै क्रममा आइतबार उनले रूकुम पश्चिमको घटनाको चर्चा गर्दै यस्तो प्रस्ताव गरेका हुन् । 

श्रम गर्नेलाई हेपेर दलित भनेर हेप्ने र जातीय छुवाछुतका आधारमा प्रताडित गर्न नपाइने भन्दै उनले भने, “यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्‍न तयार छु ।´´

उनले क्रान्तिका आधार इलाका रूकुममा जातीय विभेदका कारण मानिसकाे ज्यान जाने गरि भएको घटना प्रतिक्रान्ति भएको पनि बताए । 

क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ भन्ने प्रश्न गर्दै उनले जातीय छुवाछूत हटाउन साझा प्रयास गर्न पनि आग्रह गरे ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *