मस्को । रुसमा नोभेल कोरोना भाइरस संक्रमितको संख्या बेलायत र इटालीभन्दा बढी पुगेर विश्वमै कोरोना संक्रमितको संख्याको हिसाबमा तेस्रो नम्बरमा छ ।
रुसमा पछिल्लो २४ घण्टामा ११ हजार ६५६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म रुसमा कोरोना संक्रमितको संख्या दुई लाख २१ हजार ३४४ पुगेको छ ।
अमेरिका र स्पेनमा मात्र कोरोना संक्रमितको संख्या रुसभन्दा धेरै छ । विभिन्न मुलुकमा भइरहेको कोरोना संक्रमितको संख्या तुलना गर्न नमिल्ने बताइएको छ । विभिन्न कारण विभिन्न मुलुकमा कोरोना संक्रमितको संख्या बढी भएको बताइएको छ ।
रुसमा पछिल्लो कोरोना संक्रमितको परीक्षणको दायरा व्यापक बनाएको छ । पछिल्लो २४ घण्टामा रुसमा ९४ जनाको मृत्यु भएको छ ।
हालसम्म रुसमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ९ पुगेको छ ।
अन्य मुलुकको तुलनामा रुसमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कम भएको छ ।
रुसी राष्ट्रपति भलाद्मिर पुटिनले सोमबार देशव्यापी लकडाउनको समीक्षा गर्दै राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ । रुसमा यसअघि घोषणा गरिएको लकडाउन मंगलबार सकिँदै छ । – बीबीसी






