Home / Politics / `विप्लव´समूह सरकारसँग वार्ताका लागि तयार

`विप्लव´समूह सरकारसँग वार्ताका लागि तयार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द `विप्लव´ समूह वार्ताका लागि तयार भएको संकेत गरेको छ।

महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सम्बाद र वार्ताका लागि सकारात्मक भएको संकेत गरेका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, “हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो। यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *