काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह पार्टी आधिकारिकता दाबीको पत्र बोकेर निर्वाचन आयोग उक्त पत्र आयोगमा बुझाउन जाँदै छ।
स्थायी कमिटी सदस्य लिलामणि पोखरेलका अनुसार यसअघि, सोमबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको हो। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित छ। निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएको छ।






