Home / Society / असि फिट गहिरो इनारमा झरेको गाइको बाछी जिबितै उद्धार

असि फिट गहिरो इनारमा झरेको गाइको बाछी जिबितै उद्धार

गैंडाकोट: नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका स्थित श्रीमद् रामानुज वेदविद्याश्रम गैंडाकोटको गौशालामा असि फिट गहिरो इनारमा झरेको अठार महिनाको गाइको बाछिलाइ जिबितै उद्धार गरिएको छ। शनिवार विहान ८ बजे बाहिर घाममा निकाल्दा दौडिने क्रममा उक्त बाछि इनारमा खस्न पुगेकी थियो।

इनारमा गाई खसिसके पछि स्थानिय इनार खन्ने मजदुरको सहयोगमा स्थानिय जनता र मन्दिरमा रहेका बिद्यार्थीहरुबाट निकाल्ने प्रयास भएता पनि अक्सिजनको कमीका कारण उक्त प्रयास असफल भएको थियो।यस लगत्तै शसस्त्र प्रहरी बल आँपटारीबाट आएको टोलीले उद्दारको प्रयास गरेको थियो।

शसस्त्रको टोलिले पनि अक्सिजनको कारण सम्भव नभएपछि पछि नेपाली सेनालाई खबर गरिएको थियो। श्री नम्बर २ विपत व्यवस्थापन गण रसौली व्यारेकको नेपाली सेनाको टोली र सशस्त्र बल र स्थानियको संयुक्त प्रयासमा अक्सिजन सहित इनारको भित्र गएर गाईलाई जिवितै उद्धार गरेका थिए।

अक्सिजन सहितको नेपाल आर्मीको टोली आए पछि दिउँसो ३ बजे बाछिलाई इनारबाट निकालिएको थियो। श्री नम्बर २ विपत व्यवस्थापन गणका प्युठ विर्ख बस्नेत उद्धारमा अग्र पंक्तिमा रहेर इनारको भित्र पसेर उद्दारकार्यमा सम्लग्न थिए।

अक्सिजनको कमि भएको उक्त इनार दिनभर पंखा जडान गरेर हावा दिएर राखिएपनि ७ घन्टा लामो समय सम्म पर्याप्त अक्सिजनको अभाबमा उक्त बाछि बेहोस अवस्था थियो।

अक्सिजनका कारण स्वासप्रश्वासमा समस्या रहेर बेहोस अवस्थामा रहेको बाछिलाई शसस्त्र प्रहरी बलको टोलीले कृत्रिम श्वासप्रश्वासबाट बाछिलाइ होसमा ल्याएका थिए।

तस्बिर : जगन्नाथ उपाध्याय
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *