Home / Nepal / News / बलिउड चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा

बलिउड चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा

मुम्बई : बलिउड अभिनेता सञ्जय दत्त र साउथ अभिनेता यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा गरिएको छ।

अभिनेताद्वयय सञ्जय र यशले सामाजिक सञ्जालमार्फत चलचित्र ‘केजीएफ २’ सन् २०२१ को जुलाई १६ मा रिलिज हुने जानकारी दिएका हुन्। यस चलचित्रको रिलिजका लागि भारतलगायत नेपालका दर्शकहरु पनि एकदमै प्रतीक्षामा छन्। हालै रिलिज भएको टिजर पनि दर्शकले निकै मन पराइरहेका छन्।

सञ्जयले उनको ट्वीटर ह्यान्डलमा चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, “केजीएफ २, १६ जुलाई २०२१ मा वर्ल्वाइड रिलिज हुँदै छ।” यस्तै, अभिनेता यशले पनि लेखेका छन्, “तपाइँको सिटबेल्ट टाइट गर्नुहोस्, किनभने रिलिज मिति पक्का भइसकेको छ।” च्याप्टर २ मा सञ्जय दत्त अधीराको भूमिका देखिँदै छन्।

प्रशान्त नीलको निर्देशनमा बनेको ‘केजीएफ : च्याप्टर २’ कन्नड, हिन्दी, तमिल, तेलुगू र मलयालममा रिलिज हुनेछ। यो सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को सिक्लेल हो, जुन निकै हिट भएको थियो। सञ्जय र यशका साथै रवीना टण्डन, प्रकाश राज, श्रीनिधि शेट्टी महत्वपूर्ण भूमिकामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *