Home / Society / भोलिदेखि देशभर भारी वर्षा, सतर्क रहन विभागको आग्रह

भोलिदेखि देशभर भारी वर्षा, सतर्क रहन विभागको आग्रह

काठमाडौं । भोलिदेखि देशका अधिकांश भूभागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भोलि बुधबार देशका अधिकांश भूभागमा सामान्य बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, प्रदेश पाँच, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति देशका अधिकांश भूभागमा सामान्य बदली भइ प्रदेश पाँच, गण्डकी प्रदेश, वागमती प्रदेश, प्रदेश २ र १ का धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना छ ।

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

शुक्रबार पनि मेघ जर्गनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *