Home / Society / मोरङमा ८, झापामा ५ र उदयपुरमा १ जना संक्रमित थपिए

मोरङमा ८, झापामा ५ र उदयपुरमा १ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् ।

मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी झापाको मेचीनगरमा एक जना, कनकाई नगरपालिकामा ३ जना र गौरादहमा एकजना संक्रमण देखिएको छ ।

सबैको नमुना विराटनगरमा अवस्थित कोसी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो ।

अब प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । १२५ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *