Home / Politics / सरकारद्वारा संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता

सरकारद्वारा संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तर्फबाट संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराइएको हो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको भूभागको नयाँ नक्सा जारी गरेपछि संविधानमा रहेको अनुसूची संशोधनका लागि संशोधन प्रस्ताव दर्ता गरिएको हो ।

संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपरेको हो ।


संविधान संशोधनका लागि संसदको दुई तिहाई मत आवश्यक पर्छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *