Home / Health / काठमाडौं उपत्यकामा असार १ गतेबाट मास्क लगाएर हिँडडुल गर्न पाइने

काठमाडौं उपत्यकामा असार १ गतेबाट मास्क लगाएर हिँडडुल गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा असार १ गतेबाट मास्क लगाएर हिँडडुल गर्न पाइने भएको छ । यसबाहेक ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकमा यस्तो सहमति भएको हो ।

गत वैैशाख १६ गतेबाट जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ । फेरि उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यसबारे आजै विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी छ । निषेधाज्ञा खुकुलो बनाउने चर्चा चलेपनि खासै खुकुलो नभएको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए । उनले भने,“अहिल्यै त्यति खासै खुकुलो हुँदैन । निजी गाडीहरूपनि चल्दैनन् । विस्तृत कुरा प्रशासनले सार्वजनिक गर्ला ।”

प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा बढाउनसक्ने निर्णय गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *