Home / Society / रुकुम पश्चिममा वैशाख १९ गते देखि वैशाख ३१ गते सम्म निषेधाज्ञा जारी

रुकुम पश्चिममा वैशाख १९ गते देखि वैशाख ३१ गते सम्म निषेधाज्ञा जारी

रुकुम: कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ सहितको सङ्क्रमण दर तीव्र गतिमा बढेकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले वैशाख १९ गते आइतवारदेखि लागु हुने गरी निषेधाज्ञा लगाउने भएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सङ्क्रमण फैलावटको साङ्लो तोड्न एवम् रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न निषेधाज्ञा जारी गरिएको बताउनु भएको छ। ​

निषेधाज्ञा वैशाख १९ गते आइतबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रवार राति १२ बजेसम्म लागू हुनेछ ।

यस अवधिमा अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारीसाधन बाहेक अन्य सबै प्रकारका सेवा र हिँडडुलमा समेत निषेध गरिएको प्रशासनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *