Home / Politics / प्रचण्ड- नेपाल समूहले सांसदहरुदलाई जानकारीबिना बाहिर नजान निर्देशन

प्रचण्ड- नेपाल समूहले सांसदहरुदलाई जानकारीबिना बाहिर नजान निर्देशन

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहले सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ।

संसदीय दलको बैठकमा १३ दिनभित्र संसद बैठक बस्नुपर्ने भएकाले लामो कार्यक्रम बनाएर बाहिर नजान निर्देशन दिएको छ।

नेतृ रामकुमारी झाँक्रीले भनिन्- ” जतिबेला जे पनि हुन सक्छ। उपत्यकामा रहेका साथिहरुले बाहिर जाँदा जानकारी दिएर जानुहोला। बैठक जतिखेर बस्नुपर्नेहुन्छ। लामो कार्यक्रम बनाएर बाहिर नजानुस् भन्ने कुरा भयो,”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *