काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य जीवनराम श्रेष्ठले सर्वोच्च अदालतले संसद् विघटनको कदम बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य भएको बताएका छन्।
उनले प्रधानमन्त्री ओलीको राजीनामा आउने अपेक्षा गरे पनि त्यस्तो नभएकाले अब बालुवाटारबाट निकाल्नुपर्ने उनको भनाइ थियो। ओलीको मनपर्ने साधन बयलगाडा भएको कटाक्ष गर्दै उनले भने, `बालुवाटारबाट निवासमा जान बयलगाढाको चाजोपाँजो मिलाउँदै हुनुहोला।´
उनले विजयी जुलुसमा बोल्दै अब ओली प्रवृत्तिको अन्त्य गर्नु आवश्यक रहेको बताए।






