Home / Politics / अविश्वासको प्रस्ताव लगेर ओलीलाई हटाउने यस्तो छ प्रचण्डको तयारी

अविश्वासको प्रस्ताव लगेर ओलीलाई हटाउने यस्तो छ प्रचण्डको तयारी

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावी प्रधानमन्त्री पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बनाउने ‘बिफ्रिङ’ गरेका छन्।

आइतबार बिहान खुमलटारमा बोलाइएका गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नेपाललाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न लागेको ‘ब्रिफिङ’ गरेका हुन्।

‘‘अब २५ प्रतिशत सांसदको हस्ताक्षर संकलन गरेर संसदको विशेष अधिवेशन बोलाउँदै छौं, त्यही अधिवेसनमा अविश्वासको प्रस्ताव लगेर ओलीलाई हटाउने भएका छौं,’’ प्रचण्डले भावी योजनाबारे बिफ्रिङ गर्दै भने, ‘‘त्यसपछि माधवकुमार नेपाललाई प्रधानमन्त्रीको रूपमा उभ्याउँदै छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *