Home / Nepal / News / अब टेकु हस्पिटलमा कोरोना उपचार गर्न धरौटी राख्नुपर्ने

अब टेकु हस्पिटलमा कोरोना उपचार गर्न धरौटी राख्नुपर्ने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले
१४ कात्तिकदेखि लागु हुने गरी भर्ना भएर उपचार गर्ने कोरोना संक्रमितका लागि शुल्क तोकेको छ।

अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको कात्तिकको पत्राचार अनुसार रकम लिन लागेको जनाएको छ।

अस्पतालले दैनिक न्युनतम शुल्क रु ३ हजार ५०० र धरौटी रकम रु २० हजार देखी दैनिक १५ हजार र ५० हजार धरौटी तोकेको छ।

अस्पतालले भेन्टिलेटरसहित आईसीयू राखेर उपचार गर्नुपर्ने बिरामीका लागि दैनिक रु १५ हजार र रु ५० हजार धरौटी तोकेको छ।

त्यस्तै आईसीयूबाहेक भेन्टिलेटरमा मात्र राखेर उपचार गर्ने बिरामीका लागि अस्पतालले दैनिक शुल्क रु ७ हजार ५०० र धरौटी रकम रु ३० हजार तोकेको छ।

अस्पतालले विपन्न, जेष्ठ नागरिक, अति अपाङ्ग, अशक्त र एकल महिलाका लागि बिरामीको आर्थिक अवस्थाका आधारमा उपचार शुल्कमा १० देखि सतआवश्यक प्रतिशतसम्म छुट दिइने जनाएको छ।

सरकारले कोरोना संक्रमितको उपचार र पीसीआर मार्फत कोरोना परीक्षणमा शुल्क लिने निर्णय गरेसँगै अस्पतालले पनि शुल्क तोकेर सूचना नै निकाल्न थालेका छन्।

स्वास्थ्य मन्त्रालयले उपचार तथा परीक्षण बापत खर्च दिन रोकेपछि “औषधीदेखि एक्सरे मेसिन र किटसमेत खरिद गर्नको लागी खर्च जुटाउन बिरामीबाट उपचार र परीक्षण बापत शुल्क लिनु परेको अस्पतालले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *