Home / Society / धापासिमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या, ३ जना पक्राउ

धापासिमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या, ३ जना पक्राउ

काठमाडौं: गत बिहीबार बिहान धारिलो हतियार प्रयोग गरी एक युबकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई आज पक्राउ गरेको छ।

धापासीमा रहेको देवी मन्दिर नजिक गोरखाको अजिरकोट गाउँपालिका–५ घर भई टोखा बस्ने २४ वर्षीय आशिष मगरमाथि धारिलो हतियार प्रहार भएको थियो।

हतियार प्रहारबाट गम्भीर घाइते भएका मगरको उपचारको क्रममा चिरायु अस्पतालमा मृत्यु भएको थियो।

घटनाको अनुसन्धानमा खटिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले हत्यामा संलग्न भएको आरोपमा संखुवासभा घर भई टोखा-५ धापासी बस्ने १९ वर्षीय दार्जे शेर्पा, टोखा-५ का २६ वर्षीइ डेडे भनिने राम श्रेष्ठ र स्याङ्जाको गल्याङ–३ का २७ वर्षीय रवि थापामगर छन्।

उनीहरुलाइ कर्तव्य ज्यानको कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी बित्त महाराजगन्जले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *