Home / Nepal / १ थान गैंडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ

१ थान गैंडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ

काठमाडौं : रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्त बहादुर थापा, जाजरकोट बोरेकोट गाउँपालिका ४ बस्ने २६ वर्षीय कर्ण बहादुर राउत र काठमाडौं महानगरपालिका १ बसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरीले उक्त खाग सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीसँग रहेको पेस्तोल खोसी गोली चलाउँदा उनीहरु मध्येकै न्यौपाने घाइते भएकाले लुम्बिनी प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।  उक्त कार्यमा संलग्न फरार १ जनाको खोजी भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *