Home / Nepal / News / अर्काको नामबाट परीक्षा दिने एकजना पक्राउ

अर्काको नामबाट परीक्षा दिने एकजना पक्राउ

काठमाडौं : सुर्खेतमा अर्काको नामबाट परीक्षा दिने एकजना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका ७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका ४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका ४ बस्ने २२ वर्षीय राम शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *