Home / Nepal / हवाई उडानमा स्थानीय तहको शर्त, लुक्का जान अनिवार्य पीसीआर

हवाई उडानमा स्थानीय तहको शर्त, लुक्का जान अनिवार्य पीसीआर

काठमाडौं । लुक्का जाने सबै यात्रुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । पीसीआर नगर्ने यात्रुको टिकट नकाट्न खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्सलाई पत्राचार गरेको छ ।

कोरोना महामारीकाबीच ६ महिनापछि सोमबारदेखि नियमित आन्तरिक हवाई सेवा सुरु हुँदैछ । तर, महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पीसीआर रिपोर्ट अनिवार्य गरेको हो । पीसीआर रिपोर्ट बिना आफ्नो क्षेत्रमा आउन नपाउने गरी शर्त राख्‍ने खुम्बु पासाङल्हामु गाउँपालिका पहिलो स्थानीय सरकार बनेको छ ।   

गाउँपालिकाकी उपाध्यक्ष टासील्हामु शेर्पाले स्थानीय वा अन्य जो कोही गाउँपालिका क्षेत्रमा प्रवेश गर्दा पीसीआर गरेको रिपोर्ट अनिवार्य देखाउनुपर्ने बताइन् । 

पीसीआर नगरेका यात्रुको टिकट नकाट्न सबै विमान कम्पनीहरुलाई पत्राचार गरेको उनले बताइन । 

“हामीले भदौदेखि नै हाम्रो गाउँपालिकामा आउने जो कोहीको पनि पीसीआर गरेको रिपोर्ट ल्याउनुपर्ने भनेका थियौं । भोलिदेखि आन्तरिक हवाई सेवा सुरु हुँदैछ । त्यही भएर पीसीआर नगरेका यात्रुको टिकट ‘इस्यु’ नगर्न सबै विमान कम्पनीलाई पत्राचार गरेको छौं” उनले भनिन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *