पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा (एमाले)बाहेकका दलको बहुमत पुग्ने र सरकार बन्ने सम्भावना नरहेको जिकिर गरेका छन्।
उनले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका छन्। उनले संविधानको धारा १६८ (३) बमोजिम सरकार सञ्चालन गरेर ४ बमोजिम विश्वासको मत लिन लागेको जानकारी दिए।
उनले विश्वासको मत दिन सबै प्रदेश सांसदलाई आग्रह पनि गरे। मुख्यमन्त्री गुरुङले सभामा विश्वासको मतको प्रस्ताव पेस गरेका छन्। अब प्रस्तावमाछि छलफल हुने कार्यसूची छ। त्यसपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिन्छ।






