Home / Nepal / पत्रकार धमेन्द्र साहलाई पितृ शोक

पत्रकार धमेन्द्र साहलाई पितृ शोक

जेठ २७ बिहीबार,२०७८

काठमाडौं । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका सदस्य पत्रकार धमेन्द्र साहलाई पितृ शोक परेको छ । पत्रकार साहका पिता जोगेन्द्र शाहको २१ जेठमा ७८ वर्षको उमेरमा निधन भएको हो ।

ब्लड क्यान्सबाट पीडित साहको उपचारका क्रममा काठमाडौंको बीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो । विसं २००१ सालमा जन्मनु भएका साह बाराको सिम्रौनगढमा बस्दै आउनुभएको थियो ।

पत्रकार महासंघ काठमाडौं, शाखाले एक शोक विज्ञप्ती जारी गर्दै साहको निधन प्रति दुख व्यक्त गरेको छ । महासंघले परिवार प्रति गहिरो सम्वेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *