Home / Society / जापानको ओसाकाबाट ओसाका नेपाल अन्लाइन टि भि संचालनमा

जापानको ओसाकाबाट ओसाका नेपाल अन्लाइन टि भि संचालनमा

जापानमा बस्ने नेपाली हरुको संख्या वृद्धि सङै नेपाली जनसमुदायलाई लक्षित ब्यापार ब्यबसाय मात्र नभएर संचार उद्यमताको रुपमा अन्लाईन टिभी सन्चालनमा आएको छ। जापानको दोश्रो ठूलो सहर ओसाका बाट ‘ओसाका नेपाल अनलाइन टिभी’ यहि असोज १ गतेबाट बिधिवत रुपमा संचालनमा आएको छ।

जापानमा बस्ने युबा उद्यमी अमर लामाको लामो प्रयास पछि उक्त अन्लाईन टिभी सन्चालनमा आएको हो। लामो समय देखि जापानमा बस्दै आउनु भएका सन्चारकर्मी पुरुसोत्तम लामिछाने तथा जापानको कान्साइ क्षेत्रमा बसोबास गर्ने नेपाली हरुको पहलमा ओसाका नेपाल अन्लाईन टेलिभिजन प्रारम्भ भएको हो।

जापानमा भएका नेपाली र नेपाललाई माया गर्ने जापानी नागरिक हरुका बिबिध बिषयहरु लाई समेटेर अगस्ट महिनाको १५ तारिक बाट साप्ताहिक रुपमा ओहायो जापान नामको कार्यक्रम सुरु गरिएता पनि औपचारिक रुपमा आस्विन महिनाको १ गते बाट सुरु भएको ओसाका नेपाल अन्लाईन टेलिभिजनकी प्रमुख कार्यकारी अधिकृत अन्जु माचुसिताले जानकारी दिनु भएको हो।

संचारकर्मी पुरुषोत्तम लामिछाने ओहायो नेपाल कार्यक्रमका प्रस्तोता तथा उत्पादक रहनु भएको छ भने अन्य कार्यक्रमहरु लागि आन्तरिक तयार भइरहेको जनाइएको छ। जापानको ओसाकाबाट शुरु गरिएको उक्त कार्यक्रमहरु लाई निकट भविष्यमा नेपालको सञ्चार माध्यमबाट पनि प्रसारण गरिने ओसाका अन्लाईन टि.भी का ब्यबस्थापाक तथा फिल्मी हब प्रोडक्सनका प्रमुख अमर लामाले जानकारी दिनु भएको छ।

https://youtu.be/FhXNqW_g9N8

Leave a Reply

Your email address will not be published. Required fields are marked *