Home / World News / अमेरिकामा जारी प्रदर्शनका क्रममा गोली चल्दा एक जनाको मृत्यु, केही प्रहरी गम्भीर

अमेरिकामा जारी प्रदर्शनका क्रममा गोली चल्दा एक जनाको मृत्यु, केही प्रहरी गम्भीर

वासिङ्टन । अमेरिकामा जारी प्रदर्शनका क्रममा दुई विभिन्‍न ठाउँमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य प्रहरी अधिकारीको अवस्था गम्भीर रहेको बताइएको छ ।

लस भेगस मेट्रोपोलिटन पुलिस डिपार्टमेन्टका जोइ लोमबार्डोले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । 

पहिलो घटना सर्कस होटल र क्यासिनो अगाडि जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरवितर गर्ने क्रममा गोली चलेको थियो । उक्त स्थानमा चलेको गोली लागेर घाइते भएका एक प्रहरीको युनभर्सिटी मेडिकल सेन्टरमा उपचार भइरहेको छ । गोली चलाउने शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखिएको बताइएको छ ।

त्यसैगरी अर्को घटना संघीय भवन अगाडि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै लोम्बार्डोले जनाएका छन् । 

उनले भने, “अहिले जे भइरहेको छ । यो अस्वीकार्य छ । मलाई आशा छ कि समुदायले यस विषयलाई बुझ्‍नेछन् ।” -बीबीसी

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *