Home / Politics / प्रदेश नम्बर १ का थप एक मन्त्री तथा दुइ राज्य मन्त्री द्वारा राजिनामा

प्रदेश नम्बर १ का थप एक मन्त्री तथा दुइ राज्य मन्त्री द्वारा राजिनामा

प्रदेश नम्बर १ मा थप एक मन्त्री र दुई जना राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले राजीनामा दिएका हुन्।

यस्तै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको प्रदेश नम्बर १ का नेकपा सचिव सुरेश राईले जानकारी दिएका छन्।

शनिबार मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए। आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा उनले मन्त्री आङ्बोलाई हटाएको बताएका थिए।

केन्द्रमा नेकपामा विवाद देखिएपछि प्रदेशहरूमा पनि मतभेद देखिएको छ।

कुल ९३ सीट रहेको प्रदेश नम्बर १ को प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद छन्। पार्टी विभाजनपछि ओली समूह अर्थात शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन्। केही सदस्यहरु यता उता गरिरहेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *